Skip to main content

Suchana Vatika

साङ्केतिक विरोध गर्‍यो सरकारले नै मिडिया हाउसअगाडि गाडी पार्किङ गरेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले सरकारले मिडिया हाउसअगाडि गाडी पार्क गरेर अव्यवस्थित पार्किङको साङ्केतिक विरोध गरेको दाबी गरेका छन् ।
उनले सुकुमबासीको पीडा बुझ्न मन्त्रीका सन्तानलाई केही दिन सुकुमबासी बस्तीमा बस्न दिनुपर्ने भन्दै सरकारको आलोचना गरेका छन् ।
नीति निर्माणकर्ताले जनताको वास्तविक जीवन र कष्टलाई नजिकबाट हेर्नुपर्नेमा ढकालले जोड दिएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले सरकारले नै मिडिया हाउस अगाडि गाडी पार्किङ गरेको दाबी गरेका छन् । 

अव्यवस्थित पार्किङको पीडा बुझाउन सरकारले यस्तो साङ्केतिक विरोध गरेको उनको जिकिर छ ।

साेमबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ढकालले अब सरकारले सुकुमबासीको पीडा बुझ्न अर्को साहसी कदम चाल्नुपर्ने भन्दै कटाक्ष गरेका छन् । व्यङ्ग्यात्मक शैलीमा उनले भनेका छन्, ‘ सुकुमबासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ, तब सायद मन्त्रिपरिषद्ले समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।’

ढकालले नीति निर्माण गर्नेहरूले केवल तथ्य मात्र नभई जनताको वास्तविक जीवन र कष्टलाई नजिकबाट देख्नुपर्नेमा जोड दिएका छन्। भोको पेटमा बच्चाले कुहिएको चिउरा खानु पर्दाको पीडा र झरीमा भिजेर कठ्याङ्ग्रिँदाको महसुस कागजमा गरिने निर्णयभन्दा धेरै गुणा मानवीय हुने उनको भनाइ छ।

आज राजधानीका विभिन्न सञ्चारमाध्यमका गेट अगाडि शङ्कास्पद गाडी पार्क गरेको भेटिएका थिए । उक्त गाडी कसले पार्क गरेको भन्ने हालसम्म नखुलेपछि मुकुलले भने सरकारले नै यस्तो गरेको बताएका हुन् । रास्वपाले भने यस कार्यको छानबिनको माग गरेको छ।

741395255_1425283496096618_4784314921368682271_n

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.