Skip to main content

Suchana Vatika

कांग्रेस सांसद गुरुङको आरोप मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुने गरी सरकार स्वयंले  गाडी पार्क गरेको आरोप लगाएकी छिन् ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद गुरुङले यस्तो आरोप लगाएकी हुन् । 

उनले राज्यलाई जवाफदेही बनाउने तथा नागरिकका आवाज सार्वजनिक गर्ने सञ्चारमाध्यममाथि सरकारले शङ्कास्पद निगरानी राख्न खोजेको भन्दै त्यसको घोर निन्दा गरिन् ।

उनले मिडिया हाउस अगाडि गाडी पार्क गरेको विषयमा सत्यतथ्य बाहिर ल्याउन समेत समितिमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘मिडिया हाउसको अगाडि अहिले सरकारले निगरानी राख्नका निम्ति शङ्कास्पद रूपमा त्यहाँ गाडीहरू खडा गरिएको भनेर मैले न्युजमा देखेको छु । धेरै जनाबाट मैले यो जानकारी पनि पाएको छु । यसको वास्तविकता के हो ? राज्यलाई जवाफदेही बनाउन खोज्दा र जसरी सडकमा उठेका नागरिकहरूको आवाजलाई चाहिँ आम नागरिकको सामु ल्याउन खोज्दाखेरि यसरी मिडिया हाउसमाथि चाहिँ निगरानी राख्न जुन राज्यले खोजेको छ म यसको चाहिँ घोर निन्दा गर्दछु । यसको सत्यतथ्य के हो ? किन आज मिडिया हाउसको अगाडि राज्यले त्यसरी गाडीहरू पठाइरहेको छ, एक किसिमको निगरानी गरिरहेको छ, यो विषयमा चाहिँ समितिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यस घटनालाई घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रूपमा विश्लेषण भइरहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.