Skip to main content

Suchana Vatika

सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर नेपाल टेलिकमका पूर्वएमडी

१२ करोड ७५ लाख रुपैयाँ गैह्रकानुनी सम्पत्ति आर्जन

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।

३० असार, काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।

दुई करोड २१ लाख रुपैंया मात्रै बैध रूपमा आर्जन गरेको अवस्थामा पौडेलको साथमा १४ करोड ५७ लाख रुपैंया सम्पत्ति भेटिएको विशेष अदालतको ठहर छ ।

विशेष अदालतले पौडेललाई दुई वर्ष कैद सजाय तोकेको छ । र, विशिष्ट श्रेणीमा बसेर भ्रष्टाचार गरेको भन्दै थप छ महिना कैद सजाय पनि तोकेको छ ।

उनले अपराध पीडित संरक्षण कोषमा ५१ लाख रुपैयाँ बुझाउनुपर्नेछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.