Skip to main content

Suchana Vatika

कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा कर्णाली प्रदेश सरकारमा सहभागी

एमाले नेता यामलाल कँडेलले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री थिए । चारै जनाले आज सामूहिक राजीनामा दिएका छन् ।

कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ‘हामी सबैले राजीनामा बुझायौं, स्वीकृतिको पर्खाइमा छौं’ भनी जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूले राजीनामा बुझाएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बताउनुभयो ।

३१ असार, काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।

कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

‘हामी सबैले राजीनामा बुझायौं, स्वीकृतिको पर्खाइमा छौं,’ मन्त्री भण्डारीले अनलाइनखबरसँग भने ।

कांग्रेसबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि आज बिहान कांग्रेसका राजीनामा दिएको बताए ।

‘आज बिहान क्याबिनेट बैठक थियो, त्यही बैठकमा हामी चारै जनाले सामूहिक राजीनामा दियौं,’ मन्त्री अधिकारीले अनलाइनखबरसँग भने ।

एमाले नेता यामलाल कँडेलले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री थिए । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारी कांग्रेसबाट मन्त्री थिए ।

आर्थिक मामिला मन्त्री शाह हाल स्वास्थ्य उपचारको सिलसिलामा बैंककमा छन् । उनले आफू बैंकक प्रस्थान गर्नुअघि नै राजीनामा पत्र बुझाएर आएको अनलाइनखबरसँग बताए ।

ह्वाट्सएपमा अनलाइनखबरसँग कुरा गर्दै शाहले भने, ‘म चार–पाँच दिन भयो बैंकक आएको, अहिले पनि अस्पतालमै छु । यता आउनुअघि नै संसदीय दलको नेतालाई मेरो राजीनामा बुझाएर आएको थिएँ, आज साथीहरुले सामूहिक रुपमा बुझाउनुभयो भन्ने थाहा पाएँ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.