Skip to main content

Suchana Vatika

एमालेका पूर्वसांसद कोइरी थुनामुक्त भए

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि कारागारमुक्त भएका छन् ।
न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नभएकाले कोइरीलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

३२ असार, जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् ।

बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।

लगत्तै उनी थुनामुक्त भएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो ।

गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.