Skip to main content

Suchana Vatika

नि:शुल्क प्रसारण गर्ने हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल

हिमालय टेलिभिजनले फिफा विश्वकप–२०२६ को फाइनल खेल नि:शुल्क प्रसारण गर्ने निर्णय गरेको छ ।
कार्यकारी निर्देशक श्याम कँडेलले भन्नुभयो, ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं ।’
अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल आज राति १२:४५ बजे हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो एपबाट हेर्न सकिनेछ ।

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ ।

हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो ।

फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो ।

‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने ।

नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल खेल हुँदैछ ।

फाइनल खेलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.