Skip to main content

Suchana Vatika

मन्त्रिपरिषद्ले गर्‍यो स्वीकृत, साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा

सचिव गोविन्द शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूह मा थन्क्याइएको पदबाट राजीनामा दिएका छन् ।सचिव शर्माले साउन १ गते राजीनामा दिएका थिए, जुन साउन ४ गतेबाट लागू हुनेगरी पेस गरिएको थियो ।
मन्त्रिपरिषद् बैठकले साउन ६ गते सचिव शर्माको राजीनामा स्वीकृत गरिसकेको छ ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (अतिरिक्त समूह)मा थन्क्याइएका सचिव गोविन्द शर्माले पदबाट राजीनामा दिएका छन् । 

सचिव शर्माले साउन १ गते पेस गरिएको साउन ४ गतेबाट लागु हुनेगरी राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । 

प्रवक्ता अर्यालका अनुसार सचिव शर्माको राजीनामा साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।

फागुन २१ गते अनिवार्य अवकाशमा जान लागेका सचिव शर्माले त्यसको ३ साता अगाडि १ गते नै राजीनामा दिएका हुन् ।

मुख्यसचिव बन्ने दौडमा रहेका शर्मालाई गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि एकै पार्टीको सहज बहुमतका प्रधानमन्त्री बनेका बालेन्द्र शाहले मन्त्रालयविहीन बनाएर अतिरिक्त समूहमा थन्क्याएका थिए ।

मन्त्रालय समायोजनअघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका शर्मालाई गत जेठ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै अतिरिक्त समूहमा थन्क्याएका थिए । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित कार्यको समन्वय गर्ने जिम्मेवारी दिइएको थियो ।

मन्त्रालय समायोजनअघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका शर्मालाई गत जेठ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै अतिरिक्त समूहमा थन्क्याएका थिए । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित कार्यको समन्वय गर्ने जिम्मेवारी दिइएको थियो ।

मन्त्रालयहरू समायोजन गर्ने क्रममा वरिष्ठ सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी कनिष्ठ सचिवलाई मन्त्रालयको जिम्मेवारी दिइएपछि शर्मा असन्तुष्ट थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.