Skip to main content

Suchana Vatika

१८ लाख बढीको अवैध सामान बरामद, सिरहाको सीमा क्षेत्रबाट 

९ साउन, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरेको छ।

शुक्रबार सशस्त्र प्रहरीले मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सबै सामान प्रचलित भन्सार ऐन तथा नियमअनुसार आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति (एसपी) सुमनजंग थापा मगरका अनुसार सीमाक्षेत्रमा हुने अवैध चोरी-पैठारी तथा राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ।

उनले सीमा सुरक्षा तथा अवैध आयात-निर्यात नियन्त्रणका लागि यस्ता अभियान निरन्तर सञ्चालन भइरहने बताए । त्यसै क्रममा अवैध समाग्रीहरु प्रहरी नियन्त्रणमा लिदै आएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.