Skip to main content

Suchana Vatika

ट्राफिक प्रहरीको कारबाहीमा – १ हजार ३७१ बुलेट मोटरसाइकलका चालक

ट्राफिक प्रहरीले ध्वनि प्रदूषण गर्ने र तीव्र गतिमा दौडाउने बुलेट मोटरसाइकलका चालकमाथि कारबाही तीव्र पारेको छ । पछिल्लो ६ महिनामा उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ हजार ३७१ बुलेट मोटरसाइकलका चालकलाई कारबाही गरेको छ । स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने बुलेट मोटरसाइकल चालकलाई प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा ४३ अनुसार ८ हजार १ सय जरिवाना गरिएको छ ।

काठमाडौँ । ट्राफिक प्रहरीले ध्वनि प्रदूषण गर्ने र तीव्र गतिमा दौडाउने बुलेट मोटरसाइकलका चालकमाथि तीव्र कारबाही गरिरहेको छ । पछिल्लो ६ महिनामा उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ हजार ३७१ बुलेट मोटरसाइकलका चालकलाई कारबाही गरेको हो । 

स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण हुने गरी दौडाउने चालकलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए ।

चर्को आवाज आउने गरी स्टन्ट गर्ने र मध्यरातमा पनि ध्वनि प्रदूषण हुने गरी घरभित्रका तथा पैदल यात्रुलाई समेत त्रसित बनाउने गरी मोडिफाई गरेर बुलेट मोटरसाइकल दौडाएको गुनासोको आधारमा ट्राफिक प्रहरीले कारबाही गर्ने अभियान चलाएको थियो । ठुलो आवाज निकालेर तीव्र गतिमा दौडाउँदा बालबालिकाको स्वास्थ्यमा समेत असर पर्ने गरेको अनुसन्धानले देखाएको छ ।

मोडिफाई गरेको मोटरसाइकलले चर्को आवाज दिएर कुदाउँदा सडकमा स्कुटर चलाइरहेका महिलाहरू समेत तर्सिने गरेको गुनासो आएको एसपी रेग्मीले बताए । उनले भने– ‘आफ्नो सवारी साधन चलाउँदा अरूलाई असर नगर्ने गरी चलाउन भनेर त्यस्ता चालकलाई सचेतना कक्षा पनि प्रदान गरिएको छ ।’

स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकहरूलाई ट्राफिक प्रहरीले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा ४३ अनुसार ८ हजार १ सय जरिवाना गरेको छ । सो ऐन अनुसार ७५ सय देखि १५ हजार सम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सो व्यवस्था अनुसार चिट काटेर चालकहरूलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र यातायातले नै जरिवाना असुल गरेको एसपी सुवेदीले जानकारी दिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.