Skip to main content

Suchana Vatika

सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग – सुनसरीमा झडप

सुनसरीको देवानगञ्ज-हरिनगर क्षेत्रमा दुई समुदायबीच डिजे साउण्ड बजाउने विषयलाई लिएर भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। झडपमा ९ जना सर्वसाधारण, ८ जना प्रहरी र ५ जना सशस्त्र प्रहरीसहित २२ जना घाइते भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयम अपनाउन आग्रह गरेका छन्।

काठमाडौँ । सुनसरीको देवानगञ्ज–हरिनगर क्षेत्रमा दुई समुदायबिच झडप भई एक जनाको मृत्यु र दर्जनभन्दा बढी घाइते भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। आइतबार डिजे साउण्ड बजाउने विषयलाई लिएर दुई समुदायबिच सुरु भएको विवादले उग्र रूप लिँदा झडप भएको थियो।

झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी २२ जना घाइते भएका छन्।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक तथा प्रतिनिधिसभा सदस्य प्रकाश चन्द्र परियारले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकतर्फ श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप उपचारका लागि प्रभावकारी समन्वय गर्न अपील समेत गरेका छन्।

सांसद परियारले सामाजिक सद्भाव बिथोलिने गरी भएको यस घटनालाई मध्यनजर गर्दै दुवै समुदायका अगुवा र सरोकारवालाहरूलाई संयम, शान्ति र सामाजिक सद्भाव कायम राख्दै वार्ताबाटै समाधान खोज्न आग्रह गरेका छन्। उनले घटनाको स्वतन्त्र छानबिनका लागि सरकारसँग जोडदार माग गर्दै धार्मिक-सामुदायिक सद्भाव, सहिष्णुता र आपसी मिलेमतो कायम राख्न सबैसँग अपील गरेका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.