Skip to main content

Suchana Vatika

चालकसहित ६ जना घाइते, स्कुल बस दुर्घटना हुँदा

महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवाना स्थित भित्री सडक खण्डमा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ ।

महोत्तरी । गौशाला नगरपालिका –९ डुमरवाना स्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ घाइते भएका छन् ।

मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका –०५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेल सहित बसमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूको उपचारका लागि बिके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.