पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतका सुरज कर्ण तथा नेपालका उपेन्द्र साह, सागरकुमार सर्साफ र राहुतकुमार गुप्ता रहेका छन्।
२६ साउन, काठमाडौं । पर्सामा प्रहरीले ५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रदेश २-०३-००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइक खानतलासी गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय राहुतकुमार गुप्ता रहेका छन् ।
उनीहरुको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
