Skip to main content

Suchana Vatika

२१ दिनभित्र दाबी पेस गर्न आह्वान, बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन थालियो

रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गरिरहेको छ। कारखानाले २१ दिने सार्वजनिक सूचना जारी गरी सरोकारवालाहरूलाई प्रमाणसहित दाबी पेस गर्न आह्वान गरेको छ।

रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने काम गरिरहेको छ।

सम्पत्ति तथा दायित्वको मूल्याङ्कन अर्थात् ड्यु डिलिजेन्स अडिट भइरहेकाले कारखानाले मंगलबार २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई लेनदेन वा हरहिसाबसम्बन्धी कुनै दाबी भए प्रमाणसहित पेस गर्न भनिएको छ।

अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लिनदिन बाँकी रहेको हरहिसाब भए सूचना प्रकाशित भएको २१ दिनभित्र बुटवल-१० स्थित उद्योग स्थलमा दाबी पेस गर्नुपर्नेछ। यसैगरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका सबै व्यक्ति तथा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ।

तोकिएको २१ दिनको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुन बमोजिम प्रक्रिया अगाडि बढाइनेछ। सो अवधिपछि उद्योगमाथि कुनै पनि किसिमको दाबी नलाग्ने व्यहोरा बुटवल धागो कारखाना लिमिटेडले स्पष्ट पारेको छ।

butwal dhago

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.