Skip to main content

Suchana Vatika

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा, कांग्रेस इतर समूहको राष्ट्रिय भेला

नेपाली कांग्रेसको संस्थापन इतर समूहले २९ साउनमा हुने राष्ट्रिय भेलाका लागि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा स्थान तय गरेको छ।
प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले शुक्रबार दिउँसो १ बजे भेलाको उद्घाटन हुने जानकारी दिनुभयो।
पूर्वसभापति शेरबहादुर देउवा बिहीबार मध्यान्ह साढे १२ बजे थाइ एयरमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको डा. प्रकाशशरण महतले बताउनुभयो।

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको हो ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताए ।

राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहको दाबी छ ।

कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुनेछन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.