Skip to main content

Suchana Vatika

१ जनाको मृत्यु अटो दुर्घटना हुँदा

अछामको मंगलसेन नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मंगलसेन नगरपालिका–३ लाछीमानाका अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो । प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा त्यसमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो ।

 दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा शनिबार १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीको अनुमान छ ।

प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.