Skip to main content

Suchana Vatika

मुख्यसचिव कार्की – सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन

ख्यसचिव गोविन्दबहादुर कार्कीले सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न नसकेको बताएका छन्।

नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनमा गरिएको सुधारका बाबजुद कतिपय विषयहरू अझै सोचेअनुरूप सहज हुन नसकेको उनले बताएका हुन्।

 ‘हामीले अपेक्षा गरेजति सहजता अझै कायम हुन सकेको छैन । कतिपय विषयमा कानूनका साथै विचाराधीन मुद्दा र सर्वोच्च अदालतका निर्णयका कारण पनि सरकारले अपेक्षा गरेअनुसार अघि बढ्न सकेको अवस्था छैन । समग्रमा, सरकार निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले कानून तथा नीतिहरूलाई समयसापेक्ष बनाउने दिशामा अघि बढिरहेको छ,’ उनले भने।

मुख्यसचिव कार्कीले हालै वातावरणसम्बन्धी कानूनसहित विभिन्न कानून अध्यादेशमार्फत संशोधन भएको स्मरण गराए।

सार्वजनिक खरिद कानूनलाई पनस सरल, प्रतिस्पर्धी र नयाँ आयाम समेट्ने गरी सुधार गर्ने प्रयास भएकफ उनको भनाइ छ।

त्यसैगरी जलविद्युत तथा सरकारी आयोजनाका लागि वन क्षेत्रको उपयोगसम्बन्धी व्यवस्था पनि विगतभन्दा केही सहज बनाइएको उनले बताए।

मुख्यसचिव कार्कीले सरकारको मुख्य उद्देश्य नै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र लगानीमैत्री वातावरणका लागि कानूनहरूलाई समयसापेक्ष बनाउनु रहेको बताए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.