Skip to main content

Suchana Vatika

आगलागी : ताँजाकोट गाउँपालिकाको कार्यालयमा

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ।प्रहरी टोली परिचालन गरिएको छ, तर क्षतिको पूर्ण विवरण आउन बाँकी छ। भवनको महत्त्वपूर्ण कागजात र स्रेस्ता राखिएको कोठामा आगलागी भएको स्थानीयले बताएका छन्।

सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ।

आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए। 

उनले भने, ‘आगलागी भयो भन्ने खबर आएको हो, तर के कति क्षति भयो भन्ने विवरण आएको छैन। फोन सम्पर्क हुन सकिरहेको छैन।’

प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जनाए पनि भवनको महत्त्वपूर्ण कागजात र स्रेस्ता राखिएको कोठामा आगलागी भएको स्थानीयले बताएका छन्। टेलिफोन सम्पर्कमा समस्या भएका कारण घटनाको विस्तृत विवरण र आगलागीको कारण खुल्न बाँकी रहेको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.