Skip to main content

Suchana Vatika

६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार : रसुवा बाढी

जस अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीमा बेपत्ता भएकामध्ये शनिबार बिहानसम्म ६१६ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार शव रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट फेला परेका हुन्। विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ।

१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ ।

जस अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । जसअनुसार रसुवाबाट ६७६,नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.