Skip to main content

Suchana Vatika

मेरो टाइम गयो अनि फसेँ, सञ्जयले भने- एक्सिडेन्ट भएपछि अरूलाई भाग्न लगाएँ

अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन सबैलाई बचाउनु पर्‍यो । अनि सबैलाई बचाउने क्रममा मैले सबैलाई भने ठम्याममा एक्सिडेन्ट भयो ।

शुक्रबार बिहान सुरूङबाट उद्धार गरिएका सञ्जय साहले त्यहाँ चालीस पैतालीस जना रहेको र अरू पनि अड्किएको हुन सक्ने बताए । उनले बाढीपछि सबैलाई भाग्न लगाउँदा आफू अन्तिममा निस्किन नपाएर फसेको र टनेल लामो भएकाले पानी पनि पसेको हुन सक्ने उल्लेख गरे । साहले नेपाली सेनाका अधिकारीसँगको संवादमा ‘म महामन्त्र जप गर्दै बसेको थिएँ ।’ भने ।

१९ भदौ, काठमाडौं । सुरूङबाट शुक्रबार बिहान उद्धार गरिएर निकालेका सञ्जय साहले उद्धारकर्मीहरूसँग त्यहाँको अवस्थाबारे बताएका छन् ।

उनले त्यहाँ लामो टनेल भएकाले अरु पनि धेरै जना परेको हुनसक्ने बताएका छन् ।

बाढी आएपछि आफू कसरी त्यहाँ फसेँ भन्ने पनि उल्लेख गरेका छन् ।

उनले नेपाली सेनाका अधिकारीहरूसँग गरेको छोटो संवादको अंश यस्तो छ :

भित्र कति जना जति छन् होला ?

भित्र त म कन्ट्रोल रुममा अपरेटर काम गर्थे । आजकल अरु टाइममा त चार पाँच छ जना मात्रै हुन्थ्यो । यतिबेला चालीस पैतालिस जना नै थियो ।

अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो ।

अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन सबैलाई बचाउनु पर्‍यो । अनि सबैलाई बचाउने क्रममा मैले सबैलाई भने ठम्याममा एक्सिडेन्ट भयो ।

अनि सबैलाई भाग्न लगाएँ । अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो । लास्टमा म निस्किनै पाइनँ अनि म फसेँ ।

अब अझै भित्र कति जना जति अड्क्या छन् ?

हाम्रो सम्पर्कमा साथीहरू तीन चार जना मात्रै थिए । नजिक छेउछाउ ।

अनि भित्र पावर हाउस थियो । पावर हाउस भित्र पनि छन् मान्छेहरु ?

हुन सक्छन् । सबै भाग्न नसकेको होलाल् । टनेल लामो छ । त्यहाँ पानी पनि भित्र पसेको होला ।

धेरै दिनपछि बाहिर निस्किनु भयो आज, यो त दोस्रो जीवन हो बधाइ छ !

आज कति गते भयो ?

आज १९ गते हो । दोस्रो जीवन नै भयो ल धेरै धेरै बधाई !

म महामन्त्र जप गर्दै बसेको थिएँ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.