Skip to main content

Suchana Vatika

महामन्त्री आचार्य : अबका केही दिन मृत्यु हार्दै जाओस् 

काठमाडौँ । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले उद्धारकर्ता र पीडितको अदम्य साहसको प्रशंसा गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘कसैको निभ्नै लागेको धड्कनलाई आफ्नै हातले तानेर ‘बचाउन सकियो!’ भन्दा, धुलो र पसिनाले लतपतिएका ती अनुहारहरूमा कस्तो आँधी शान्त हुँदो हो ? मृत्युको चिसो अँध्यारोमा लगभग हारिसकेको बेला, अचानक कसैको हात समाउन पाउँदा ‘अब त बाँचियो…’ भन्दै तप्प खसेको आँसुले कस्तो जिन्दगी महसुस गर्दो हो ?’

उनी थप लेख्छन्– ‘एकातिर आफ्नै सास हत्केलामा राखेर अर्काको सास खोज्दै हिँड्ने उद्धारकर्ताहरू। अर्कोतिर, ‘कोही त आउला नि’ भन्ने झिनो आशको त्यान्द्रो समाएर, भोक, प्यास र त्रासको बीचमा पनि आफ्नो हिम्मतलाई मर्न नदिने ती योद्धाहरू। अबका केही दिन, मृत्यु हार्दै जाओस् अनि जीवनले जितिरहोस्। विपत्तिको बीचबाट कसैलाई तानेर ल्याउने ती साहसी हातहरू र हार नमानेर सास जोगाइराख्ने ती अदम्य जीवनहरूको फेहरिस्त अझै लम्बिँदै जाओस्। हरेक पर्खाइको अन्त्य मिलनमा होस्, हरेक अँध्यारोको अन्त्य उज्यालोमा होस्। कृष्ण भगवानसँग यति मात्र माग्छु, कृष्णाजन्माष्टमीको सबैलाई शुभकामना।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.