Skip to main content

Suchana Vatika

सेनाले बल्ल थाल्यो रसुवागढी जलविद्युतमा उद्धार-बाढीको १० दिनपछि

करिब १२ जना पावर हाउसभित्रै फसेको आशंका गरिएको रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम सुरू भएको छ।

बाढीको १० दिनपछि शनिबार मात्रै सेनाबाट उद्धार काम सुरू भएको हो। 

यसअघि आवश्यक उपकरण नहुँदा उद्धार काम सुरू हुन सकेको थिएन। त्यस्तै दुई दिनदेखि प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्यान्ड हुन नसक्दा सुरूङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। 

यद्यपी, आयोजनास्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफ्नै पहलमा उद्धार टोली खटाएको थियो।

कम्पनीले  नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बरमार्फत घट्टेखोला क्याम्प र सो क्षेत्रमाथि ग्राउन्ड सर्च गर्ने गरी भदौ १८ गते हिमालय समिट क्लब प्रालिसँग सम्झौता गरेको थियो।

सम्झौतापछि उनीहरू चार दिनका लागि आयोजनास्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन्। आयोजनाका अनुसार हालसम्म सम्पर्कविहीन कुनै पनि कर्मचारीको जानकारी आउन सकेको छैन। 

रसुवागढी हाइड्रोपावर कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार शनिबार (आज) बिहान ९ बजे नेपाली सेनाको उद्धार टोलीले आयोजना स्थल रेकी गरी सुरूङभित्र उद्धारको काम सुरू भएको हो। 

सिनियर भूगर्भविद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य सुरू भएको जानकारी उनले दिए।

बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्।

कम्पनीका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीन वटा ठेकेदार कम्पनीका ३९ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब १२ जना भित्रै फसेको आशंका गरिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.