Skip to main content

Suchana Vatika

सुरुङभित्र खोजी कार्य सकियो-लाङटाङ खोला जलविद्युत् आयोजनाको

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपलब्ध गराएको विवरणअनुसार २० मेगावाट क्षमताको उक्त आयोजनाबाट अझै पनि ३९ जना सम्पर्कविहीन छन् ।

२१ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा लाङटाङ खोला जलविद्युत् आयोजनाबाट हराइरहेकाहरूको खोजी कार्य सकिएको छ । आयोजनाको सुरुङभित्र २ जनाको शवबाहेक केही नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य बन्द गरेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपलब्ध गराएको विवरणअनुसार २० मेगावाट क्षमताको उक्त आयोजनाबाट अझै पनि ३९ जना सम्पर्कविहीन छन् ।

यस्तै, आयोजनास्थलमा काम गरिरहेका १९ जनाको उद्धार गरिएको थियो । निर्माण सम्पन्न गरेर परीक्षण सञ्चालनमा रहेको उक्त आयोजनाको प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभेलोपमेन्ट प्रालि थियो ।

आयोजनाका प्रबन्धक विजयमोहन भट्टराईले शनिबारपछि सुरुङभित्रको खोजी कार्य स्थगित भएको बताए । सुरुङभित्र २ जनाको शवबाहेक केही नभेटिएपछि उद्धार टोलीले थप खोजी आवश्यक नरहेको बताउँदै खोजी कार्य स्थगित गरिएको उनको भनाइ छ ।

आयोजनाको पेनस्टक पाइट काटेर सुरुङभित्र प्रवेश गरी खोज्दा २ जनाको शव भेटिएको थियो । दुवै शव विक्षिप्त अवस्थामा रहेकाले अझै पहिचान हुन नसकेको इप्पानले जनाएको छ । अब डीएनए परीक्षण गरी पहिचान गरेर परिवारलाई हस्तान्तरण गरिनेछ ।

सम्पर्कविहीन भएका ३९ जना बाढीमा बगेको हुनसक्ने अनुमान रहेको र सुरुङभित्र खोजी कार्य रोकिएको भट्टराईले बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.