Skip to main content

Suchana Vatika

१७ जनाले राखे कांग्रेस बैठकमा धारणा, भोलि पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा १७ जना सदस्यले आ-आफ्नो धारणा राखेका छन् । बैठकमा पार्टी सभापति गगनकुमार थापाले भोटेकोशी नदीको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनबारे जानकारी गराए । छलफल नसकिएकाले बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ ।

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आज १७ जनाले आफ्नो धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको हो।

छलफल पूरा नभएकाले बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा सभापति थापाले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग भेटघाट र छलफलपछि प्राप्त वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

आजको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर र बहादुरसिंह लामासहित केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, भरतकुमार शाह र सुधीरकुमार शिवाकोटीले धारणा राखेका थिए ।

त्यस्तै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पनि बैठकमा आफ्नो धारणा राखेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.