Skip to main content

Suchana Vatika

भोटेकोशी बाढी प्रभावितलाई राहत रकम हस्तान्तरण – सशस्त्र प्रहरी परिवार महिला संघद्वारा

सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ।

संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते प्रधान कार्यालयमा राहत रकम हस्तान्तरण गरेकी हुन्। बाढीमा १३ बहालवाला र १ अवकाशप्राप्त सशस्त्र प्रहरी बेपत्ता भएका थिए भने १ अवकाशप्राप्त कर्मचारी घाइते भएका थिए। संघले परिवार बेपत्ता भएका कर्मचारीलाई १० हजार, बेपत्ता कर्मचारीका परिवारलाई २५ हजार र घाइते अवकाशप्राप्त कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराएको छ। पौडेलले विपद् कोषका लागि ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनी कुमार पोखरेललाई पनि हस्तान्तरण गरेकी छिन्।

२७ असोज, काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ ।

उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज २६ गते संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गरेकी हुन् ।

उक्त बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ जना र अवकाशप्राप्त सशस्त्र प्रहरी १ जना गरी १४ जना बेपत्ता भएका थिए भने १ जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए ।

त्यस्तै, दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूको परिवार बेपत्ता भएका छन् । बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई २५ हजार दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार दरले र घाइते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत १० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

संघकी अध्यक्ष पौडेलले बेपत्ता भएकाहरूमध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्ण कुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाश प्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बल बहादुर घर्ती मगर र परिवार बेपत्ता भएका २ महिला सशस्त्र प्रहरी कर्मचारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

बेपत्ता भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीहरूको परिवारजनहरूसँग भेट गरी उक्त रकम प्रदान गरिने छ ।

त्यस्तै उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नको लागि ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनी कुमार पोखरेललाई हस्तान्तरण गरेकी छिन् ।

सशस्त्र प्रहरी परिवार महिला संघलाई आत्मनिर्भर बनाउँदै लैजाने क्रममा संघले विभिन्न किसिमका आयमूलक क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । उक्त आयमूलक क्रियाकलापहरूद्वारा संकलित रकमबाट नै राहत रकम प्रदान गरिएको हो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.