Skip to main content

Suchana Vatika

पहिले बलिङ गर्दै, क्यानडाविरुद्ध नेपालले टस हार्‍यो

ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको ओडीआई शृङ्खलाको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ ।

क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले सन्दीप जोराको स्थानमा गुल्शन झालाई टोलीमा फर्काएको छ ।

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा फर्किएका छन् ।

जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।

लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।

आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने कप्तान, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.