जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छविराज रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयनमा रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो।
रिजाललाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको थियो। जेन–जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। हिरासतमा राख्नुपर्ने आधार नभेटिएको भन्दै उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको जानकारी दिए। उनले भने, ‘छविराज रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयनमा रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो।’