Skip to main content

Suchana Vatika

इरानलाई ट्रम्पको चेतावनी: युद्धविराम लागु भएन भने अझ भीषण आक्रमण सुरु गरिनेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता पूर्ण रूपमा लागू नभएसम्म अमेरिकी सेना इरान वरपर तैनाथ रहने बताएका छन्।

ट्रम्पले चेतावनी दिएका छन्—यदि सम्झौता पालना भएन भने पहिलेभन्दा अझ शक्तिशाली आक्रमण सुरु हुनेछ। उनले होर्मुज स्ट्रेट खुला र सुरक्षित राख्ने तथा इरानलाई आणविक हतियार नहुने सहमति दोहोर्‍याएका छन्।

यता लेबननमा इजरायलको हवाई आक्रमणपछि इरान–अमेरिका विवाद चर्किएको छ। इरानले युद्धविरामका सर्त उल्लंघन भएको आरोप लगाएको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौतामा लेबनन समावेश नभएको बताएका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.