Skip to main content

Suchana Vatika

प्रतिवेदन धमाधम पेश हुँदै कांग्रेस इतर समूहको भेलामा

बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने डा. प्रकाशशरणम हतले आर्थिक सामाजिक नीतिको कार्यदिशा पेश गरेका छन् ।

नेपाली कांग्रेसको इतर समूहले काठमाडौंको सुकेधारामा आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक-सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
हिजोबाट शुरू भएको सो भेला भोलिसम्म सञ्चालन हुने बताइएको छ।

३० साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला हिजोबाट जारी छ ।

काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी राष्ट्रिय भेलामा आजबाट बन्दसत्र सुरु भएको छ ।

जारी बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदनहरू पेश गर्न थालिएको छ । हालसम्म राजनीतिक प्रतिवेदन, आर्थिक सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनीतिक प्रतिवेदन पेश भएका छन् । अन्य प्रतिवेदनहरू पनि पेश हुने क्रममा छन् ।

बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने डा. प्रकाशशरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा पेश गरेका छन् ।

त्यस्तै, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

हिजोबाट सुरु भएको कांग्रेस इतर समूहको भेला भोलिसम्म चल्ने बताइएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.