देशभर घरजग्गाको कारोबारमा कमी आएको छ । यससँगै सरकारले संकलन गर्ने राजस्वमा पनि निरन्तर गिरावट आएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन क्रमशः घट्दै गएको हो ।
विभागको तथ्याङ्कअनुसार, गत साउनमा ३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड र कात्तिकमा २ अर्ब ७४ करोडमा झरेको छ ।
सरकारले भू-उपयोग नियमावली संशोधन गरेर कारोबारमा सहजीकरण गर्न खोजे पनि त्यसको सकारात्मक प्रभाव राजस्व संकलनमा भने देखिएको छैन ।