Suchana Vatika

प्रहरीले खोज्न थाल्यो चालकलाई, पैदलयात्रीलाई मुक्का हान्ने कार

६ फागुन, काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ ।

सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । ‘भिडियो हामीलाई पनि प्राप्त भएको छ । हामीले कार र व्यक्ति पहिचानका लागि अनुसन्धान अघि बढाइसकेका छौं । कारबाहीको दायरामा ल्याउँछौं,’ भट्टराईले भने ।

कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.