Skip to main content

Suchana Vatika

उसको रहर हाम्रो रहर,उसको सपना, हाम्रो सपना ।

May be an image of child and text

उसको मिल्सबेरी स्कूल Millsberry International Preschool को विभिन्न अतिरिक्त क्रियाकलाप मध्ये आफूलाई मनपर्ने पेशाको पोसाकमा सजिएर सोही अनुसारको प्रस्तुती दिने । यसपाली हामीले सोध्यौं, ‘के बन्ने मिराज ?’ उसको उत्तर थियो, ‘आईजीपी साप बन्ने ?’

उसको रहर अनुसार नै हामीले पोसाक बनाएर सहभागी बनायौं । उसको पोसाक र प्रस्तुतीले सबैले तान्यो । एक हिसाबले आकर्षण नै । यसले प्रहरी/आईजीपी सापप्रतिको उसको सम्मान झनै बढ्यो क्यारे !

त्यसपछि मिराजहाङको एकदमै गहिरो चासो थियो, ‘बाबा, रियल आईजीपी कहाँ हुन्छ, भेट्न मिल्दैन ?’ गजुरियल आईजीपी (छोरा) ले रियल आईजीपी भेट्ने इच्छा देखाइरहेको थियो ।

छोराको रुची हिजो प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग साप Khapung Chandra Kuber लाई भेटाएर पुरा गरीदिएँ । मिल्सबेरी स्कूलको उसको प्रस्तुती र आदरणीय चन्द्र कुबेर खापुङ्ग दाजुसँगको यो भेट छोराको ‘बाल्यकाल डायरी’मा सम्झनायोग्य भएर रहनेछ ।

समय र परिस्थीति अनुकुल हुँदासम्म आफ्ना सन्तानहरुको बाल्यकाललाई सम्झनायोग्य बनाउने प्रयास हामीले गरीदिनुपर्छ । त्यही बाल्यकालको त्यही मिठो सम्झना उनीहरुका लागि भविष्यको शक्ति बन्छ । सपना बन्छ ।

-राजेश राईको फेसबुक बाट

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.