Suchana Vatika

‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियानको संयोजक विद्यार्थी नेता प्रमोद राई नियुक्त,

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले सुरु गरेको ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियानको संयोजकमा केन्द्रीय सदस्य प्रमोद राई नियुक्त भएका छन्।

विद्यार्थीको शैक्षिक हक अधिकार, स्थानीय तहमा शिक्षा व्यवस्थापनको प्रभावकारिता, तथा सार्वजनिक शिक्षामा देखिएका चुनौतीलाई उजागर गर्दै समाधानका मार्ग पहिचान गर्ने उदेस्यका साथ संघले यो अभियान सुरु गरेको हो।

अभियान अन्तर्गत देशभरका विद्यालय तथा कलेजमा पुगेर विद्यार्थीहरूका समस्याको प्रत्यक्ष अभिलेखन, नीति निर्माण तहसम्म आवाज पुर्‍याउने पहल, तथा स्थानीय सरकारको शिक्षा सम्बन्धी कार्यदक्षतामाथि निगरानी गर्ने कार्यक्रम रहने नेवि संघले बताएको छ।

अभियानले विद्यार्थीहरूको वास्तविक अवस्थालाई नजिकबाट बुझेर सुधारका ठोस सुझावसहित दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने नियुक्त संयोजक प्रमोद राईले बताए । उनले भने, “विद्यार्थीहरूको शिक्षा, पहुँच, अवसर र अवस्था सम्बन्धी यथार्थ प्रश्नहरू उठाउने र नीति तहमा पहुँच दिने हाम्रो लक्ष्य हो। शिक्षा क्षेत्रमा देखिएका कानुनी खाडल, स्थानीय तहको निष्क्रियता र विद्यार्थी अधिकारको संरक्षण हाम्रो मूल एजेन्डा हो।”

अभियानमार्फत विद्यार्थीलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने, सामाजिक सञ्जालदेखि भौतिक कक्षासम्म पहुँच विस्तार गर्ने, तथा तथ्यमा आधारित प्रतिवेदनमार्फत सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बनाउने लक्ष्य नेवि संघले लिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.