Skip to main content

Suchana Vatika

कृष्णगोपाल श्रेष्ठ : पक्ष-विपक्ष छैनौँ, हामी सबै एमाले हौँ

काठमाडाैँ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् । बुधबार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सबै एमाले भएकाले जित, हार एमालेकै हुने उनले बताए । उनले सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने बताए । उनले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताए । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको उनले बताए ।

कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकर्ताले गरेको फैसला मञ्जुर हुने बताए। नेता श्रेष्ठले ईश्वर पोखरेल नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको श्रेष्ठले बताए । कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने उनले बताए । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.