दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ ।
Summary
- मतदान गर्ने क्रममा कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो।
- हवाई फायरपछि नाराबाजी सुरु भयो र सर्वदलीय बैठक डाकिएको छ।
२१ फागुन, काठमाडौं । दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।
निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।