Skip to main content

Suchana Vatika

रास्वपाले संसदीय दलको नेता छान्ने विधान संशोधनपछि

बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो ।

Summary

  • राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्ने विधान संशोधन गर्ने तयारी गरेको छ।
  • संशोधनपछि संसदीय दलको नेता प्रत्यक्ष र समानुपातिक सांसदमध्ये ५० प्रतिशत मतले चयन गरिनेछ।
  • पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ।

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने भएको छ ।

रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।

उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी गराइन् ।

रावलले अनलाइनखबरसँग भनिन्, ‘संसदीय दलको नेता चयन गर्न विधानलाई समयानुकूल बनाउन जे–जे संशोधन गर्नुपर्ने छ । संशोधन गर्छौं ।’

बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो ।

पार्टी सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएको हुँदा नयाँ विधि बनाउन लागिएको नेताहरूले जानकारी गराएका छन् ।

प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ ।

रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रुपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको छ । पार्टीले सरकारको नेतृत्व र्दा संसदीय दलको नेताले नेतृत्व गर्ने पार्टीको विधान अनुसार शाहलाई संसदीय दलको नेता बनाउन लागिएको हो ।

रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षसँग एकता हुँदा भावी प्रधानमन्त्री शाहलाई बनाउने सहमति बनेको थियो । पुस १३ गते दुई पक्षबीचमा सहमति बनेको थियो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको थियो, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

समानुपातिक तर्फका उम्मेदवारले समेत निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगबाट प्राप्त गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने रास्वपाले जानकारी गराएको छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नजिता आइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मतको आधारमा रास्वपाले दुईतिहाइ नजिकको सिट (१८२) पाएको छ ।

सरकार बनाउनुअघि संसदीय दलको नेता चयन गर्नुपर्ने हुँदा विधानको व्यवस्था संशोधन गरेर शाहलाई दलको नेता बनाउन लागिएको हो । सह प्रवक्ता रावलका अनुसार समानुपातिकतर्फबाट सांसद बन्नेहरूको टुंगो लागेपछि विधान संशोधन गर्ने तयारी गरिएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको सूची पठाउन बिहीबार दलहरूलाई पत्र पठाएको छ । आयोगको पत्र अनुसार पार्टीमा छलफल गरेर समानुपातिक तर्फको सूची पठाउने जानकारी गराइन् ।

रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ । त्यसमध्ये ४८ जना महिला समानुपातिक तर्फबाट रास्वपाले चयन गर्नुपर्दछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.