Skip to main content

Suchana Vatika

करिब १ दर्जन प्रहरी घाइते, मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा

,

उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Summary

  • काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ।
  • ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् र उनीहरूको अवस्था सामान्य रहेको छ।
  • प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ र स्थानीयले भोलि भत्काउन अनुरोध गरेका थिए।

१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ ।

शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।

सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको प्रहरी स्रोतले बतायो ।

उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन अनुरोध गरेको थियो ।

उनीहरूको अनुरोध स्वीकारेर फर्कन लागेको टोलीमाथि मादक पदार्थ सेवन गरेर हिंडेको समूह उत्तेजित भएर आक्रमण गरेको एक प्रहरी अधिकारीको दाबी छ ।

प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.