Skip to main content

Suchana Vatika

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो । 

मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक जनधनको क्षति भएको थियो ।गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले समिति गठनको निर्णय गरेको हो । आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा मात्रै बढी केन्द्रीत रहेर प्रतिवेदन दिएको थियो भने २४ गतेको हकमा थप छानबिन गर्न सरकारलाई सिफारिस गरेका थियो । 

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.