Suchana Vatika

काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताहरूले जुलुस 

१४ चैत, काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताहरूले जुलुस निकालेको हो ।एमालेका विभिन्न संगठनहरूले शनिबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेका थिए ।

माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यकर्ताहरूले शनिबार प्रदर्शन गरेका थिए । उनीहरूले भोलि पनि प्रदर्शन गर्ने बताएका छन् ।

युवा संघका नेताहरूले दिएको जानकारी अनुसार, भोलिबाट हुने प्रदर्शन अझै आक्रामक हुनेछ ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.