नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
एनपीएलमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । गत संस्करणमा कर्णालीले चितवनलाई लिग चरण र इलिमिनेटर दुवै खेलमा पराजित गरेको थियो ।
एनपीएलको दोस्रो संस्करणका सबै खेल त्रिवि मैदानमा हुनेछन् । प्रतियोगितामा गत संस्करणकै आठ टोलीहरू – जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।