Skip to main content

Suchana Vatika

सिंहदरबार कसले जलायो? रवि लामिछाने भन्छन्– ‘जसले बालबालिकामाथि गोली ठोक्यो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘जेनजी आन्दोलन’ का क्रममा पहिला गोली चलेको र त्यसपछि मात्र सिंहदरवार जलेको दाबी गरेका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सिंहदरबार कसले जलायो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।

“भदौ २३ र २४ मा पहिला गोली चल्यो अनि सिंहदरबार जल्यो,” लामिछानेले भने, “सिंहदरबार त्यसैले जलायो, जसले यसलाई भ्रष्टाचारको अखडा बनायो र बालबालिकाहरूमाथि गोली ठोक्यो।” उनले सिंहदरबार जलाउने र प्रदर्शनकारी बालबालिकामाथि गोली चलाउने समूह एउटै भएको जिकिर गरे।

लामिछानेले सत्तामा रहेकाहरूले सिंहदरबारलाई भ्रष्टाचारको केन्द्र बनाएकाले नै यस्तो परिस्थिति सिर्जना भएको आरोप लगाए। निर्वाचनको मुखमा उनले विगतको आन्दोलन र राज्यको कदमलाई लिएर कडा राजनीतिक टिप्पणी गरेका हुन्।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.