काठमाडौँ । बिहान सात बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सुस्त भएको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान ११ः०० बजे सम्म देशभर १९ लाख २३ हजार ८२४ (१०.१८ प्रतिशत) मत खसेको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।निर्वाचन आयोगको तथ्याङ्कअनुसार प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन् ।